– श्रेष्ठ सत्य
जति खाए पनि हराएन यिनको भोक हरे ।
कुर्शी नपाउने बित्तिकै कत्रो पो शोक हरे ।।
मुख्य काम थाँती राखी सत्ताखेलमा अल्झिने,
तिम्रो चालादेखि जिब्रो टोक्छन् सबै लोक हरे ।
महिना र वर्ष गर्दै बित्ने भए युग पनि,
संविधान लेख्ने कामलाई ठान्छन् जोक हरे ।
महल र गाडी मात्र जप्छौ किन यतिविधि ?
देश र जनता पनि कहिले त घोक हरे ।
के हेरी बस्छौ हे नेपाली जनताहरु सारा,
यिनका छातीमा अब त बज्र ठोक हरे ।
दोलखा, नेपाल
Hi... u have done a right analysis of the politicians... but Baburam Bhattarai is an exception!!! A leader with true vision..
ReplyDeleteBaburam using Mustang- Nepali based vehicle is awesome!!!..