Popular Posts

Thursday 23 June 2011

The victim of Descrimination

विभेदको शिकार     (कथा )

आज के गर्दैछु ? मेरो जीवनमा यस्तो असोचनीय परिवर्तन कसरी आयो ? दोष शायद मेरै थियो होला मलाई थाहै थिएन, हाम्रो देश नेपालमा नेपालीहरु मात्र नभई त्यस भित्र पनि केबल जन्मकै आधारमा मात्र ठूला साना मान्छेहरु पनि छन् भनेर जसको स्थान उसको काम व्यवहारको आधारमा नगरिएर जन्मेको गर्भको आधारमा तय गरिन्छ यो अवैधानिक अवैज्ञानिक प्रणाली आधुनिक नेपालमा अझै पनि विद्यमान भन्ने कुरो मलाई पत्तै भएनछ नेपालबाटै नर्सिङसम्मको अध्ययन काठमाडौंमै बसेर पढेको भए तापनि नेपालमा जातभातको छुवाछुतको अमानवीय चलन अझै पनि जिउँदो भन्ने कुरो मलाई थाहै थिएन मलाई आश्चर्य यस कुरामा लाग्दछ की शिक्षित, सभ्य आधुनिक भनाउँदो मेरै परिवार पनि यस अन्ध विभेदलाई हृदयदेखि नै अंगाल्छन् भनेर किन उनीहरुले एक स्वस्थ, स्वच्छ अनि पढेलेखेको, सबल सक्षम व्यक्तिलाई पनि आफ्नो ज्वाइँको रुपमा स्वीकार्न तयार भएनन् केबल उसको नामको पछाडि झुण्डिएको थरको कारण ? यो प्रश्न मेरो मानसपटमा बारम्बार खेलिरहन्छ
बेलायतको मध्य लण्डन अवस्थित कलेजमा डिप्लोमा पढ्न गएको दिनदेखि नै कवि परियारसँग मेरो नियमित देखभेट हुन थालेको थियो हँसिलो, सहयोगी मिजासिलो स्वभावका कारण कक्षामा शिक्षकदेखि अन्य साथीहरु सबैका माझ अत्यन्तै प्रिय थियो मैले कविलाई लिएर कुनै पनि रंगीन सपनाहरु बुन्न थालेको थिइन नि त्यसबेला मेरो एउटै लक्ष्य थियो कि जसरी पनि स्नातकोत्तर उत्तीर्ण गरेपछि मात्र प्रेम विवाहको बारेमा सोचौंला भन्ने मेरा बुबा आमा एक मात्र दिदीले पनि मलाई सदैव पढाइमा नै केन्द्रित रहने प्रेरणा दिनुहुन्थ्यो तर विस्तारै मलाई पनि लण्डनको हावाले छुन थालेछ क्यारे लण्डन गएको महिनाभित्रै आफूले चिनेका जति प्राय सबैजसो साथीहरु गर्लफ्रेण्ड ब्वायफ्रेण्ड बनाई जोडी जोडीमा बाँधिइसकेका थिए त्यस्तैमा मलाई मात्र एक्लै एक्लै रहन कठिनाइ महशूस हुँदै गएको थियो विदेशको ठाउँमा आफ्नो भन्ने कोही नभएको आफ्नो दुख सुख बाँड्नका लागि पनि मैले कसैको आवश्यकताको महशूस गरेको थिएँ यसै वातावरणको प्रभावमा परेर हो या साँच्चै प्रेममा परेर हो, कविले एक दिन मलाई प्रेम प्रस्ताव राखेको थियो कविले मरिहत्ते गरेर मेरो पछि लाग्न थालेको आफूलाई पनि कसैको आवश्यकताको महशूस भएको अवस्थामा मैले उसको प्रस्तावलाई स्वीकारेको थिएँ यसरी लण्डन पुगेको एक वर्ष पनि पूरा नहुँदै पनि कसैको प्रेममा परिसकेको थिएँ केही समयपछि नै हामी दुवैजना सँगै बस्न थालेका थियौं
लण्डन गएको एक महिना जति समय पछि काठमाडौंबाट मेरै एक छिमेकी दाइ पनि लण्डन आउनुभएकोे थियो उहाँलाई मैले कविसँग पनि परिचय गराइदिएको थिएँ उहाँलाई मैले कवि मेरो सम्बन्धको बारे पनि बताइदिएकी थिएँ त्यतिन्जेलसम्म मैले आफ्नो घरतिरको कसैलाई पनि आफ्नो प्रेम सम्बन्धको बारेमा पत्तो दिएको थिइनँ नि कविसँग परिचय गराइदिएको बेलुकीपख दाइले मलाई फोन गरेर भन्नुभएको थियो – “रिना, कवि तिम्रो प्रेम सम्बन्ध लण्डन बसुन्जेलको टाइम पास मात्र होला नि, होइन ?” छिमेकी दाइको यो प्रश्नले मलाई पगली तुल्याएको थियो मैले उहाँलाई झर्कंदै भनेको थिएँ – “दाइ, हजुरले के भन्नुभएको त्यस्तो ? हामी जहाँ पुगे पनि नेपाली हौं नि, हामी पश्चिमीहरुले जस्तो प्रत्येक औंशी पुर्णिमामा प्रेमी वा पति फेर्न सक्दैनौं नि मैले कविलाई मेरो एक प्रेमी मात्र नभई मेरो जीवनसाथीकै रुपमा स्वीकारिसकेको छु विनाको जीवनको कल्पना पनि गर्न सक्दिन नि दाइले मलाई फेरि सम्झाउनुभएको थियो – “तिमी मलाई अन्यथा नठान, रिना, कवि राम्रो, भरपर्दो विश्वासिलो केटो हो भन्ने कुरामा मलाई रत्तिभर पनि शंका छैन तर तिम्रो यो सम्बन्धलाई तिम्रो परिवारले कुनै पनि हालतमा स्वीकार्दैनन् भन्ने कुरा पनि स्पष्ट किनकी तिमी छेत्री हौ कवि दमाइ हो पानी चल्नेसम्मको जात भइदिएको भए खोइ कुन्नि तर पानी नै नचल्ने जातलाई उनीहरुले कदापि स्वीकार्ने छैनन् यसतर्फ पनि विचार पु¥याऊ है केटी
जातपातको कुरा मैले कथा, फिल्म टेलिफिल्महरुमा मात्र पढेको देखेको थिएँ के त्यो यस एक्काइसौं शताब्दिमा पनि अझै अस्तित्वमा मेरो देशमा ? अनि मेरा सभ्य, शिक्षित समझदार परिवारले यो अन्धविश्वासी अवैज्ञानिक जातपातको प्रणालीमा विश्वास गर्लान् दाइ ?”
तिमी आफ्ना बुबा आमा परिवारप्रति यस कुरामा भर नपर मैले तिम्रा जस्ता धेरै शिक्षित आमा बुबाहरु देखेको छु उनीहरु सर्टिफिकेटले मात्र शिक्षित कहलिएका हुन् वास्तवमै शिक्षा ज्ञान पाएर नै भएका होइनन् दाइ आफ्नो कुरामा निश्चिन्त हुनुहुन्थ्यो
दाइको कुरालाई मैले केही महत्व दिइनँ, महत्व दिन आवश्यक पनि ठानिनँ मेरा परिवारले कविलाई शुरुमा नस्वीकारे पनि पछि स्वीकारिहाल्नुहुन्छ भन्ने कुरामा ढुक्क थिएँ किनकी उनीहरुले आफ्नी छोरीलाई वास्तवमै मायाँ गर्छन् भने उसको इच्छा चाहनालाई अवश्यै सम्मान गर्लान भन्ने मलाई लागेको थियो
त्यसै साता मैले मेरो अमेरिका रहनु हुने दिदीको प्रतिक्रिया जान्नको लागि उहाँलाई भनेको थिएँ – “दिदी यहाँ मलाई एकजना केटाले मलाई मन पराएर प्रेमप्रस्ताव राखेको तर मैले उसलाई केही भनेको छैन नि किनकी हाम्रो जातको होइन
दिदीले कविको जातको बारेमा थाहा पाउने बित्तिकै मलाई भन्नुभएको थियो – “रिना, कविको प्रस्तावलाई स्वीकार्ने कुरै हुँदैन नि केही गरी त्यसो हुन गयो भने ठूलै अनर्थ हुन जानेछ, तिमीलाई थाहै हाम्रो बाबाको स्वास्थ्य स्थिति, उहाँलाई हर्ट एटेक हुनेछ त्यसैले मेरी बहिनी तिमी कविको बारेमा सोच्न पनि नसोंच, प्लीज
दिदी, हजुर पढेलेखेको अनि अमेरिकाको वातावरणमा राम्रैसँग भिजिसक्नुभएको मान्छे पनि यस्तो जातपातको कुरामा विश्वास गर्नुहुन्छ ? कवि असल , राम्रो , मेहनती, बुद्धिमान अनि इमान्दार भने उसमा व्यक्तिगत रुपमा के कमजोरी ?” मैले दिदीलाई प्रश्न गरेको थिएँ
बरु अरु सबै कमजोरीहरु स्वीकार्न सकिन्छ तर कविको जातलाई स्वीकार्न सकिंदैन मेरी बहिनी तिमी अझै बच्चै छौ, तिमी कुरा बुझ्ने कोशिस गर भावना आदर्शमा बगेर केही फाइदा छैन, तिमी यथार्थको धरातलमा उभिएर हेर दिदीले निकै बेरसम्म मलाई सम्झाउनुभएको थियो टलिफोनमै
दिदीको कुराले एकछिन सोंच्न बाध्य भए पनि कविलाई कुनै पनि हालतमा छाड्न सक्दिनथें
दिदीले यो कुरा थाहा पाएदेखि नै मलाई मेरो बाँकी अध्ययन पूरा गर्नका लागि भनी अमेरिका नै आउने दवाव दिन थाल्नुभयो दिदीले मलाई मेरोे सम्बन्धको बारेमा परिवारलाई केही थाहा दिएको छैन भने पनि मलाई घरबाट पनि बारम्बार अमेरिका नै गएर पढ्ने  सुझावहरु आउन थाले बेलायतमा एक्लै बस्नुभन्दा अमेरिकामै दिदी बहिनीसँगै भए आपसमा धेरै भरथेग हुने परिवारलाई पनि ढुक्क हुने कुराहरु बताउन थाले मेरा सबै परिवारको तारन्तारको दवाव अनि बेलायतमा विद्यार्थीको लागि अत्ती कडा नियम लागू भएर निकै कठिनाइँ भएको बेलामा मैले अन्ततः अमेरिका जाने नै निर्णय गर्न विवश भएँ
मेरो अमेरिका प्रस्थानको लगत्तै कविले पनि अमेरिका जानका लागि प्रक्रिया थाल्ने निर्णय गर्दै तत्कालका लागि हिथ्रो विमानस्थलबाट अमेरिकाको लागि उडेको थिएँ जीवनसाथीको रुपमा स्वीकारिसकेको कविलाई एक्लै बेलायतमा छाडेर अमेरिका पुगेको मलाई कविको यादले दिनरात नराम्ररी सताएको थियो विनाका हरपल हरक्षण मलाइै रित्तो रित्तो लागिरहन्थ्यो दिदी नभएको मौका पारेर कविलाई सम्झी रोइरहन्थें
अमेरिका पुगेको दुइ महिना पुग्न लाग्दा कविले पनि अमेरिकामा अध्ययनको लागि विद्यार्थी भिसा पाएको थियो यो कुरा मेरो दिदीलाई थाहा नहुनु पर्ने हो भने अधैर्यपूर्वक कवि अमेरिका आउने दिन गनेर बसिरहेको थिएँ यस्तैमा अचानक नेपालमा बुबाको स्वास्थ्य एकदमै बिग्रेर उहाँलाई अस्पतालको सघन उपचार कक्षमा उपचारको लागि राखिएको भन्ने खबर पाएपछि दिदी आँत्तिंदै तुरुन्तै नेपाल जानुपरेको थियो
हामी दुई बहिनी नेपाल पुग्दा बुबाको स्वास्थ्यस्थिति सुधारोन्मुख अवस्थामा थियो उहाँलाई हृदयाघात भएर पनि समयमै अस्पताल पु¥याएकोले त्यस्तो अप्रिय घटना घट्न नपाएको रहेछ नेपाल आउने थाहा पाएर मेरो दिदीकै सल्लाहमा मेरा बुबा, आमा आफन्तजनले सोही मौका पारेर मेरो विवाह गरिदिनका लागि केटा पनि खोजेर ठिक्क पारिसकेका रहेछन् यसबारे मलाई केही पनि थाहा थिएन मैले लाख प्रयास गर्दा पनि त्यसलाई इन्कार गर्न अनि कविसँगको प्रेमलाई जीवन्तता दिन सकिनँ मेरा परिवारजनको व्यापक दवाव बुबाको स्वास्थ्यस्थितिको अगाडि एक अवलाको केही जोर चलेन विवश भई जिउँदो लाश झैं बनी मन मुटुभरि कविलाई सजाउँदै एक अन्जान अजनवी व्यक्तिको गलामा वरमाला पहि¥याइदिन पुगेको थिएँ
कवि मलाई पच्छ्याउँदै अमेरिका पुगेको थियो भने नेपाल पुगेर वैवाहिक जीवनको शुरुवात गर्दै थिएँ मैले कविलाई सम्पर्क गर्ने हिम्मत जुटाउन सकिनँ भने मैले उसलाई आफ्नो मनमस्तिष्कबाट निकाल्न पनि सकिनँ विवाहपश्चात मेरो पतिसँग नेपालमै रहने भएँ भने दिदी मात्र एक्लै अमेरिका फर्किनुभयो नेपालमा मैले पूर्ववत् नर्सिंङ पेशा नै अपनाउन थालें एक सरकारी अस्पतालमा त्यस्तै महिना पछि एक दिन रात्री ड्युटीमा रहेको बेला आकस्मिक उपचार कक्षमा मोटरसाइकल दुर्घटनामा परेको लाश आइपुगेको थियो जसको अनुहार टाउको क्षतविक्षत भएर चिनिनसकिने भएको थियो प्रहरी छानविनको क्रममा उक्त लाश कवि परियारको भन्ने पत्ता लाग्यो दुर्घटनाको कारण थियोअत्याधिक मदिरा सेवन गरेर मोटरसाइकल चलाउनु कविले चलाएको मोटरसाइकल सोझै सडक छेउको विजुलीको खम्बामा ठोक्किन पुग्दा कविको सो हालत भएको थियो
मैले जानेसम्म कविमा धुम्रपान मध्यपान केहीको पनि अम्मल थिएन सुपारी समेत खाँदैनथ्यो केही समयपछि नै कविको परिवार पनि अस्पताल आइपुगिसकेको थियो उनीहरुका अनुसार तीन महिना अघि नै कवि अमेरिकाबाट नेपाल फर्केको थियो उसको मानसिक अवस्था ठिक थिएन उसमा विस्तारै जाँड रक्सी चुरोट सेवन गर्ने बानी बढ्दै गएको थियो परिवारसँग घुलमिल नगरी एक्लै एक्लै रहने गर्दथ्यो उदास, निराश देखिन्थ्यो, मानौं विशाल पीरको भारी बोकेर बाँचिरहेको उनीहरुले अनेक प्रयास गर्दा पनि कविले परिवारलाई केही पनि भनेन बरु आफूले आफूलाई सम्हाल्ने प्रयास भने गरिरहन्थ्यो यस्तैमा कविको यो दुर्घटना हुन पुगेको थियो
कविको बारे यो कुरा सनिरहँदा मलाई त्यहाँ उभिन कठिन कठिन महशूस भएको थियो मलाई अचानक भुइँमा लडुँला जस्तै भयो विस्तारै भित्ताको सहारा लिंदै नजिकैको कुर्सीसम्म पुग्न भ्याएको थिएँ मेरो चारैतिर त्यो उज्यालो वातावरणमा पनि मेरा लागि अन्धकारको साम्राज्य फैलिएको थियो मलाई ग्लानि अपराधबोधले जलाउन थाल्यो मैले कविको त्यो हालत हुनुमा मध्यपानको नभई मेरो आफ्नै दोष देखें आफूलाई कविको हत्याराको रुपमा देख्न थालें कविले मेरो लागि के गरेन ? बेलायतबाट अमेरिका गयो, अमेरिकाबाट नेपाल फर्कियो अन्ततः मध्यपानको कुलतमा फँसेर आफ्नो ज्यानै समेत गुमायो
कविकै याद चोखो प्रेम संगालेर अन्धविश्वासी समाज परिवारलाई मनमनै तिरस्कार गर्दै बाँकी जीवन गुजार्न बाध्य छु

             श्रेष्ठ सत्य
दोलखा, नेपाल
हाल
बेलायत

1 comment:

  1. dai maile dhery try gare kei ta lekhou vanera ra dhery patak yo katha aagadi comment botton ma click gardy base but ma ta aawak vaya dai no words at all, tito satya ho aahilee pani yo jatiya vedbhav ko kura aaucha. Huna ta yo hatouna ko lagi self consciousness hunu parcha tara kahilee hune kunai tungo ny chaina.

    Malai katha ramro lagyo tara kata kata katha navayara kasai ko jeevan sanga male khancha jasty lagne.

    :)

    ReplyDelete