Popular Posts

Wednesday 9 March 2011

Gajal

गजल
श्रेष्ठ सत्य

मायाँ प्रेम भनिए नि स्वार्थकै घर देखें ।
आफन्त ठानिएकै सबै भन्दा पर देखें ।।

शत्रुहरु त्यतिसारो खतरनाक हुन्नन्,
मित्रहरुकै यहाँ भयंकर डर देखें ।

हाँसेर मात्र जो जिउन चाहन्छ यहाँ ,
उसैको जीवनमा आँसुका नहर देखें ।

नीति र नियमका कुरा मात्र सुनिइने,
बेइमानीहरुकै बस्ती अनि शहर देखें ।

सत्य त जहाँ पनि एक्लै एक्लै पर्दोरैछ ,
असत्यलाई संसारमा थुप्रै भर देखें ।


दोलखा, नेपाल
हाल बेलायत

No comments:

Post a Comment