Popular Posts

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Friday, 11 January 2013

गजल



                              – श्रेष्ठ सत्य

नमेटिने, नफेरिने थर छैन कसैको ।
मरि जाने जिन्दगिमा भर छैन कसैको ।।

चौतारी मात्रै हो संसार यो दुइ पलको,
दुनियाँमा चिरस्थायी घर छैन कसैको ।

मन्त्री, सेनापति, अरब र खरबपति,
कालको सामुन्नेमा पावर छैन कसैको ।

कर्मफल भोग्नैपर्छ जति धूर्त भए पनि,
चोरलाई साधु बन्न कर छैन कसैको ।

झुल्छन् सबै भूत र भविष्यको झोलुंगेमा,
वर्तमान क्षणमा नजर छैन कसैको ।

मृत्युलाई सहजै स्वीकार्नेहरुका लागि,
सत्यको बाहेक अरु डर छैन कसैको ।

 दोलखा, नेपाल ।

Sunday, 23 December 2012

गजल


                                          - श्रेष्ठ सत्य

विषलाई अमृत म ठान्दै ठान्दिन धरोधर्म ।
अब देखि कुनै नशा तान्दै तान्दिन धरोधर्म ।।

“यही नै हो अन्तिम पटक ” भनियो धेरैपल्ट,
अब पिउने बहाना जान्दै जान्दिन धरोधर्म ।

असम्भव त केही छैन भित्रै देखि चाहेपछि,
रक्सी छाड्नु गाह्रो काम मान्दै मान्दिन धरोधर्म ।

वास्तविक आनन्द त होशमा बसेर पो मिल्छ,
बेहोसीमा कुनै पल धान्दै धान्दिन धरोधर्म ।

आफन्तले भनेका रैछन् मेरै भलाइका लागि,
भो आफ्नै छातीमा छुरा हान्दै हान्दिन धरोधर्म ।

प्रस्ताव त धेरै नै आए नशालु प्रेमका लागि,
सत्य छाडी अरुलाई छान्दै छान्दिन धरोधर्म ।

दोलखा, नेपाल  ।

गजल



      >]i7 ;To

v'zLsf] vhfgf dfq} sdfpg l;s ca .
;Tosf] xft x/kn ;dfpg l;s ca ..

c+wsf/d} afFR5f} slt csf{sf] bf; eO{ <
pHofnf] ;Fusf] bf]:tL hdfpg l;s ca .

;'vdf t hf] klg xfF:g] ufpg] u5{g\ oxfF,
b'Mv / si6df klg /dfpg l;s ca .

x] lgn{Hh, efU5f} slt af;gfsf] kl5 kl5 <
clnslt eP klg ;df{pg l;s ca .    

clxn] xf] of e/] lu5{ kbf{ of] hLjgsf] <
;TonfO{ ;dod} 7Dofpg l;s ca .

bf]nvf, g]kfn



Friday, 2 September 2011

गजल


                                            – श्रेष्ठ सत्य

जति खाए पनि हराएन यिनको भोक हरे
कुर्शी नपाउने बित्तिकै कत्रो पो शोक हरे ।।

मुख्य काम थाँती राखी सत्ताखेलमा अल्झिने,
तिम्रो चालादेखि जिब्रो टोक्छन् सबै लोक हरे

महिना वर्ष गर्दै बित्ने भए युग पनि,
संविधान लेख्ने कामलाई ठान्छन् जोक हरे

महल गाडी मात्र जप्छौ किन यतिविधि ?
देश जनता पनि कहिले घोक हरे

के हेरी बस्छौ हे नेपाली जनताहरु सारा,
यिनका छातीमा अब बज्र ठोक हरे

दोलखा, नेपाल



Thursday, 10 March 2011

Gajal1

गजल
                            
                                              – श्रेष्ठ सत्य

बेलायत र लण्डनदेखि अब त अघाएँ आमा ।
स्वदेशको मायाँ के हो बल्ल थाहा पाएँ आमा ।।

दिन, रात, जाडो, गर्मी, भोक, प्यास भन्न पाइँन,
कसरी भनुँ तिमीलाई कति हण्डर खाएँ आमा ।

अक्सफोर्ड र पिकाडिल्ली घुम्ने अब रहर छैन,
आँखाबाट धेरै धेरै थेम्सहरु बगाएँ आमा ।

नेपाल नै हो महास्वर्ग विश्वको मानचित्रमा,
सुख पाउने आशामा व्यर्थै देश विदेश धाएँ आमा ।

फर्किन्छु म त फेरि तिम्रै न्यानो काखमा आजै,
अन्ततः राष्ट्रियताको सत्य गजल गाएँ आमा ।



Wednesday, 9 March 2011

Gajal

गजल
श्रेष्ठ सत्य

मायाँ प्रेम भनिए नि स्वार्थकै घर देखें ।
आफन्त ठानिएकै सबै भन्दा पर देखें ।।

शत्रुहरु त्यतिसारो खतरनाक हुन्नन्,
मित्रहरुकै यहाँ भयंकर डर देखें ।

हाँसेर मात्र जो जिउन चाहन्छ यहाँ ,
उसैको जीवनमा आँसुका नहर देखें ।

नीति र नियमका कुरा मात्र सुनिइने,
बेइमानीहरुकै बस्ती अनि शहर देखें ।

सत्य त जहाँ पनि एक्लै एक्लै पर्दोरैछ ,
असत्यलाई संसारमा थुप्रै भर देखें ।


दोलखा, नेपाल
हाल बेलायत